रुपन्देही–२ मा उम्मेदवारी दिने निकोलस भूसालको घोषणा
निकोलस भनिने कमल भूसालले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।
शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी भूसालले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने बताए ।
२०७९ मा पनि रुपन्देही–२ मा उम्मेदवारी दर्ता गराए पनि छात्रवृत्तिमा चिकित्सा शास्त्र पढ्दा सरकारी कोषबाट रकम लिएको विषयमा उनीविरुद्ध उजुरी परेपछि उम्मेदवारी खारेज भएको थियो ।
जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले चुनावको मिति घोषणा गरेपछि रूपन्देही क्षेत्र नम्बर–२ मा उम्मेदवारी घोषणा गर्ने भूसाल पहिलो हुन् ।
रुपन्देही २ एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले जित्दै आएको क्षेत्र हो । गत निर्वाचनमा भने रास्वपाका उम्मेदवार गणेश पौडेलसँग १५ सय भन्दा कम मतको अन्तरले जितेका थिए ।






