आजबाट समानुपातिकतर्फको निर्वाचन कार्यक्रम सुरु हुँदै

by | मंसिर २१, २०८२

आजबाट समानुपातिकतर्फको निर्वाचन कार्यक्रम सुरु हुँदै

काठमाडौँ / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम आजदेखि सुरु हुँदैछ ।

निर्वाचन कार्यक्रम अनुसार समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले मंसिर २१ देखि २३ गतेसम्म निवेदन दिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार प्राप्त भएका निवेदन उपर अध्ययन गरी मंसिर २६ गतेसम्म स्वीकृत गरिनेछ । त्यसैगरी आगामी पुस १३ र १४ गते समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची पेश गर्ने समय तोकिएको छ ।