आज सुनको मूल्य घट्यो चाँदीको बढ्यो

by | मंसिर २१, २०८२

आज सुनको मूल्य घट्यो चाँदीको बढ्यो

काठमाडौँ / नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।

२ सय रुपैयाँले घटेर आज २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने बढेको छ । ५० रूपैयाँले बढेर आज ३ हजार ६०५ रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ३ हजार ५५५ रुपैयाँ कायम भएको थियो ।