इन्द्रसरोवर क्षेत्रका ५९ जनामा मोतियाविन्दुको शल्यक्रिया, ३ सय ५० जनाको आँखा परीक्षण

by | मंसिर २१, २०८२

इन्द्रसरोवर क्षेत्रका ५९ जनामा मोतियाविन्दुको शल्यक्रिया, ३ सय ५० जनाको आँखा परीक्षण

रोटरी इन्टरनेशनलको ‘Unite for Good’अभियान अन्तर्गत रोटरी क्लब अफ हेटौंडाको पहल तथा समन्वयमा मकवानपुरको इन्द्रसरोवर क्षेत्रका स्थानीयलाई निःशुल्क तथा गुणस्तरीय आँखा सेवा उपलब्ध गराएको छ ।
रोटरी डिस्ट्रिक ३२९२ का १५ वटा क्लबहरू (रोटरी क्लब अफ हेटौंडा, रोटरी क्लब अफ बाग्मती काठमाडौं, रोटरी क्लब अफ बालाजु, रोटरी क्लब अफ गोंगबु, रोटरी क्लब अफ काठमाडौं, रोटरी क्लब अफ काठमाडौं सर्कल, रोटरी क्लब अफ काठमाडौं डाउनटाउन, रोटरी क्लब अफ काठमाडौं हाइट, रोटरी क्लब अफ काठमाडौं मेट्रो, रोटरी क्लब अफ मध्यपुर, रोटरी क्लब अफ मातृभूमि बालुवाटार, रोटरी क्लब अफ पाटन, रोटरी क्लब अफ राजधानी, रोटरी क्ल ब अफ यल, रोटरी क्लब अफ तिनकुने) को संयुक्त आयोजनामा सञ्चालित Gift of Sight – Free Eye Screening & Cataract Surgery Camp पाँच दिनसम्म संचालन गरिएको थियो ।

मङ्सिर १७ देखि २१ गते सम्म सञ्चालन भएको शिविरमा स्क्रिनिङदेखि मोतियाविन्दु शल्यक्रियासम्मका सेवा प्रदान गरिएको थियो । अभियानमा इन्द्रसरोवर क्षेत्रका पाँच स्थानमार्फत ३ सय ५० जनाको विस्तृत आँखा परीक्षण गरी ६७ जनामा मोतियाविन्दुको समस्या पत्ता लागेको थियो । जसमा ३ जनामा दुवै आँखामा गम्भीर समस्या रहेको बताइएको छ ।