How to become the best ambassador लोकार्पित 

by | मंसिर २१, २०८२

How to become the best ambassador लोकार्पित

डा. गोपाल पौड्याल ‘मण्डने’द्वारा लिखित How to become the best ambassador ? पुस्तक्को लोकार्पण एक समारोह बीच कार्यक्रमका प्रमुख अतिथि तथा वरिष्ठ साहित्यकार प्रा:  तुलसीप्रसाद  भट्टराई  लगायत अन्य विशिष्ट अतिथिहरूले संयुक्त रूपमा गरेका छन । सो कार्यक्रममा प्रमुख अतिथि डा भट्टराईले डा गोपाल पौड्यालको पुस्तक नयाँ धारको र पठनीय रहेको बिचार पोखे । त्यस्तै साहित्यकार  तथा अनुसन्धानकर्ता नेपाली सेनाका पूर्व जर्नेल डा. प्रेम सिंह बस्न्यातले डा. गोपाल पौड्यालको ब्यक्तित्व तथा लेखकिय खुबिको बारेमा प्रकाश पारे  । साहित्यकार सूर्यप्रसाद लाकोजूले सिर्जना कर्म पवित्र कर्म भएको बिचार व्यक्त गरे । त्यसैगरि बेलायत स्थित नेपाली साहित्य बिकास परिषद युकेको सस्थापक तथा साहित्यकार  श्री सुरेश जङ शाहले डा. गोपाल पौड्यालको साहित्य र समाजसेवा प्रतिको लगाव बारे चर्चा गर्दै पुस्तकले समस्त राजदूत हरुलाई परिश्कृत गर्न मद्दद पुग्ने बिश्वास लिएको कुरा बताए ।

उक्त अबसरमा प्रमुख बक्ताका रुपमा काठमाडौ   बिश्वबिध्यालयका डिन, साहित्यकार तथा लेखक प्रा डा. उद्धब प्याकुरेल ले How to become the best ambassador पुस्तकको सन्क्षिप्त परिचय तथा यस्ले नेपाली डिप्लोमेसिमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । कार्यक्रममा लेखकको तर्फबाट डा. गोपाल पौड्याल ‘मण्डने’ ले म कवि भएर किन यो पुस्तक लेखे भन्ने कुराको ब्याख्या गर्दै पुस्तकमा भएका सबै च्याप्टर हरुको बारेमा सन्क्षिप्त ब्याख्या गरेका थिए ।  कार्यक्रममा साहित्यकार नरनाथ लुइँटेल,  भीमप्रसाद काफ्ले ,  कलानिधि दाहाल लगायतका विशिष्ट अतिथीहरूले लेखक पौड्याललाई हाउ टु बिकम अ्म्बेसडरका लागि शुभकामना दिए ।
          उमाकान्त पौडेल स्मृति प्रतिष्ठानको आयोजनामा भएको सो कार्यक्रममा संस्थाका सचिब श्री  राम प्रसाद पौडेलले स्वागत गरेका थिए भने उमाकान्त पौडेल प्रतिष्ठानका अध्यक्ष श्री कश्यप पौड्यालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।