आज अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस

by | मंसिर २२, २०८२

आज अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस

आज अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस। डिसेम्बर ८ मा हरेक वर्ष अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइन्छ।

यस वर्ष पनि ‘मर्यादा समानता मानव अधिकारका लागि मर्यादित महिनावारी’ नारासहित सातौँ अन्तरराष्ट्रिय मर्यादित महिनावारी दिवस नेपालसहित विश्वभरि मनाइने भएको हो ।

मर्यादित महिनावारी मानव अधिकारको आधार हो र यस दिवसले यौन या लैगिंक हिंसाको रूपमा महिनावारी भेदभावलाई व्याख्या गर्दै यसको अन्तका रूपमा आव्हान गर्दछ।

वास्तवमा महिनावारी जीवनको प्राकृतिक तथ्य र प्रजनन उमेरका १.८ बिलियन व्यक्तिहरूको लागि मासिक रूपमा घट्ने सामान्य प्रक्रियागत घट्ना भएता पनि विश्वभरि लाखौँले आफ्नो महिनावारी चक्रलाई सम्मानजनक र स्वस्थ तरिकाले व्यवस्थापन गर्ने अधिकारबाट वञ्चित छन्।

यस कारण पनि महिनावारी धेरै सामान्य हो र लाज मान्नु पर्दैन भन्ने सन्देशका साथ यस दिवस मनाईन थालिएको हो।नेपाल सरकारको नेतृत्व र समन्वयमा नेपालबाट सुरु भएको यो दिवस आज विश्वका ७० भन्दा बढी देशमा मनाइने एउटा महत्वपूर्ण अन्तरराष्ट्रिय अभियानका रूपमा स्थापित भइसकेको छ ।