काठमाडौ विश्वविद्यालयबाट ५९ देशका ५ हजार ८ सय ६० विदेशी दीक्षित
धुलिखेल/नमुना र गुणस्तरमा अब्बल मानिएको काठमाडौ विश्वविद्यालयबाट ३१ औ दीक्षान्त समारोहसम्म ५८ देशका विद्यार्थीहरु दीक्षित भएका छन् । ३१ औ दीक्षान्त समारोहमा १७ देशका १ सय ९६ जना छन् ।
३१ औं दीक्षान्त (पहिलो चरण) सहित गरी काठमाडौं विश्वविद्यालयवाट दीक्षितको संख्या ५० हजार ४० जना पुगेको छ । तीमध्ये विदेशीको संख्या ५ हजार ८ सय ६० अर्थात करीव १२ प्रतिशत रहेको छ । दीक्षित विदेशी विद्यार्थीमध्ये सबै भन्दा धेरै भारतका छन् । भारतबाट मात्रै यो अवधीमा ४ हजार ९ सय ७६ विद्यार्थी दीक्षित भएका छन् । त्यस्तै श्रीलङ्काबाट ३ सय ९९, अमेरिकाबाट ८५, माल्दिभस ७५, जर्मनी ३३, बंगलादेश २५, बेलायत २१, क्यानाडा २१, भुटान २०, चीन १९, जाम्बिया १८, दक्षिण अफ्रिका १४, पाकिस्तान १३, अष्ट्रे्लिया १०, रुस १० जना छन् । कुल ५९ देशका विद्याथीएहरु दीक्षित भएको उपकुलपति प्रा.डा. अच्युत वाग्लेले जानकराी दिए ।
काठमाडौं विश्वविद्यालयबाट पहिलोपटक स्कुल अफ साइन्सेज अन्तर्गत मास्टर अफ फेलोसोपी बाई रिसर्च इन म्याथमेट्रिक्समा १ जना र ब्याचलर अफ साईन्स इन एग्रिकल्चरमा २९ जना दीक्षित हुनेछन् । त्यसैगरी स्कूल अफ मेडिकल साइन्सेज अन्तर्गत पहिलोपटक मास्टर अफ मेडिकल रिसर्चमामा २० जना दीक्षित हुनेछन् ।





