आज मौसम मुख्यतया सफा रहने 

by | मंसिर २३, २०८२

आज मौसम मुख्यतया सफा रहने

काठमाडौँ / हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले देशको गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । 

राति देशभरको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।