बनेपा चप्लेटी समुहले गर्यो महिला स्वास्थ्य परिक्षण शिविर
बनेपा/ बनेपा चप्लेटी शुभ विहानी समूहको आयोजनामा नेपाल अर्वुद रोग निवारण संस्थाको प्राविधिक सहयोगमा महिला स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ ।
शिविरमा ५२ जना महिलाहरुले स्वास्थ्य परिक्षण गरेका थिए । नेपाल अर्वुद रोग निवारण संस्था काभ्रेका भी.आई.ए.नर्स दिपा कर्माचार्यले स्वास्थ्य परिक्षण गरेकी थिईन् भने सहजिकरण ईन्चार्ज अमला मानन्धर र सुमित्रा कर्माचार्यले गरेका थिए । शिबिरमा बनेपा नगरपालिका वडा नम्बर ५ का वडा सदस्य कृष्णगोपाल वैध, बनेपा चप्लेटी शुभ विहानी समूहका कार्यक्रम संयोजक नविना श्रेष्ठ, शिविर संयोजक चण्डेश्ररी श्रेष्ठ, सरस्वती नकर्मी, सुमना मानन्धर, शोभा बैध, सिता भट्टराई श्रेष्ठ, अमिता राजवंशी, शेखर तिमिलाको सहभागिता रहेको थियो ।
स्वास्थ्यको लागि विहानी हिँडाइ नाराका साथ अघि बढ्दै गरेको चप्लेटी शुभ विहानी समूहले नियमित रुपमा सामाजिक कार्यहरु गर्दै आएको कृष्ण गोपाल बेधले बताए ।रक्तदान, सरसफाई, स्वास्थ्य शिबिर, ट्रेकिङ्ग जस्ता महत्वपुर्ण कार्यहरु गर्दे आएको आगामी दिनहरुमा पनि यस्तै स्वास्थ्य सम्बन्धि गतिविधी गर्दै जाने बैधले बताए । शिबिर सम्पपन्न पश्चात नेपाल अर्वुद रोग निवारण संस्था काभ्रेलाई प्राविधिक सहयोगका लागि विशेष धन्यवाद सहित कदर पत्र प्रदान गरिएको थियो ।





