धुलिखेल–१० ले गर्‍यो ज्येष्ठ नागरिक र एकल महिलालाई सम्मान

बतासे/ धुलिखेल नगरपालिका वडा नम्बर १० ले वडामा रहेका जेष्ठ नागरिक, एकल महिलाहरु र अपाङ्गता भएका ब्यक्तिलाई न्यानो कपडा द्धारा सम्मान गरेको छ ।

वडा अध्यक्ष गोविन्द प्रसाद उपाध्यायको सभापतीत्वमा भएको उक्त सम्मान कार्यक्रममा स्वस्थ शाखा प्रमुख सन्दिप केसी, डा. सुसान्त गौतम, स्वास्थ्य सह–सयोजक सरोज थापा, वडा सदस्यहरु रन्तमान तामाङ, मछिन्द्र राउत, सम्झना परियार, असोक कुमार शाह, वडा सचिव इश्वर प्रसाद सापकोटा, स्वास्थ्य चौकी ईन्चार्ज बलराम पौडेल लगाएतको उपस्थिती रहेको थियो ।

वडाले हरेक वर्ष जेष्ठ नागरिक, एकल महिलाहरु र अपाङ्गता भएका ब्यक्तिलाई सम्मान गर्दै आएको वडा अध्यक्ष उपाध्यायले बताए ।

वडामा रहेका जेष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका ब्यक्तिहरुलाई सम्मान गर्ने, तिर्थाटान गराउने, उनिहरुको सम्मानमा कुनै कसुर बाँकी नराखिएको वडा अध्यक्ष गोविन्द उपाध्यायले बताए ।

वडामा भौतिक विकास सगै बालबालिका, खानेपानि, स्वास्थ्य, शिक्षाका क्षेत्रमा काम गर्दे आएको बताए । वडामा रहेका जेष्ठ नागरिक १ सय १२ एकल महिला ८० जना र पुर्ण अपाङ्ग १ गरी १ सय ९३ जनालाई सम्मान गरिएको वडा सचिब ईश्वर प्रसाद सापकोटाले बताए ।