गुरुकुल बेलर क्याम्पसको १२ औँ बार्षिकोत्सव सम्पन्न, उप–प्राध्यापक र विद्यार्थी सम्मानित

by | मंसिर २५, २०८२

गुरुकुल बेलर क्याम्पसको १२ औं बार्षिकोत्सव सम्पन्न, उप–प्राध्यापक र विद्यार्थी सम्मानित

बनेपा÷ गुरुकुल बेलर क्याम्पसको १२ औँ बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी २०७० सालमा स्थापित क्याम्पसले पुर्व क्याम्पस प्रमुख तथा सल्लाहकार वीर बहादुर थापाको प्रमुख आतिथ्यातामा कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा स्नातक तह पूरा गरेका विद्यार्थीहरुलाई विदाइ तथा शैक्षिक सत्र २०८२/०८३ मा बिबिएस प्रथम बर्षमा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको थियो ।

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरु सुलभ ढकाल, रजनी बस्नेत, सर्मिला बस्नेत, अनिषा विष्ट, रेश्मा हुमागाइँ तथा प्रतिमा खड्कालाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो भने उप– प्राध्यापकहरु सबिना कारञ्जित, माधव प्रसाद पन्त, जमुना हुमागाइँ, सुवास गौतम र दुर्गापौडेल लाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुको साँस्कृतिक प्रस्तुती रहेको थियो । २०८२ को खेलकुद प्रतियोगितामा फुटसल, भलिबल, बास्केटबल, ब्याडमिन्टन, टेबलटेनिस, टग अफ वार, चेस, चम्चा दौड खेलमा सहभागी भई विजेता हुने विद्यार्थीहरुलाई पदक तथा प्रमाणपत्र वितरण गरियो । कार्यक्रममा क्याम्पस प्रमुख भगीरथ अधिकारीले क्याम्पसको वार्षिक प्रतिबेदन तथा भावि कार्यक्रमका बारेमा राखेका थिए ।

कार्यक्रमका सभापति तथा क्याम्पस सञ्चालक समिति. अध्यक्ष भोला थापाले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय अन्तर्गत बिबिएस कार्यक्रम सञ्चालन गर्दै आएको क्याम्पसले विद्यार्थीहरुलाइ सहजता होस भनेर निकट भविष्यमा नै स्नातकोत्तर तहमा एमबिएस र स्नातक तहमा बिएएलएलबि, बि आइएम लगायतका कार्यक्रम थप गर्न लागेको बताए ।

कार्यक्रममा क्याम्पसकी कार्यकारी निर्देशक ईन्दु थापा, शैक्षिक निर्देशक डा. अनुप जगं थापा, उत्कृष्ट विद्यार्थील शुलभ ढकाल लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।