काभ्रे जेसिज बर्ष २०२५ का कार्यक्रम समापन
बनेपा/ काभ्रे जेसीज, काभ्रे लेडिज जेसीज र बनेपा जुनियर जेसीजले वर्ष २०२५ भरी सञ्चालन गरेका विभिन्न सामाजिक, शैक्षिक, वातावरणीय तथा नेतृत्व विकास सँग सम्बन्धित कार्यक्रमहरू समापन गरेको छ ।
जेसीजले बनेपाको ८ गणेश मन्दिरमा आस्था बिनायक दीप प्रज्वलन, युवा अवस्थामा लचिलोपन जसले सपनालाई वास्तविकतामा परिणत गर्छ, ईपी एस प्रभावकारी सार्वजनिक भाषण तालिम, कला प्रतियोगिता, वक्तृत्वकला, चित्रकला लगाएतका विभिन्न कार्यक्रमहरु गरेको जानाएको छ ।
समुदायमा जेसीज कार्यक्रमहरु विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि निरन्तरता दिईएको कार्यक्रमका सभापति तथा काभ्रे जेसीजका अध्यक्ष पुजन मर्हजनले बताए । जेसीज भनेकै एकता र समुदाय सगं मिलेर सामाजिक कार्य गरिने भएकाले जेसीजको टिमले धेरै काम गर्न सफल भएको महर्जनले बताए । काभे्रे लेडिज जेसीजकी अध्यक्ष रविना सेवाचार्यले जेसीजमा आफु लागेदेखी नै नेतृत्व र क्षमता विकास, संस्कार र अनुशासित हुन सिकेको बताईन् ।
समापन कार्यक्रमको प्रमुख अतिथी प्याब्सन बनेपाका अध्यक्ष महेन्द्र विष्टको प्रमुख आतिथ्यतामा भएको थियो । प्रमुख अतिथी विष्टले प्याब्सन र जेसीज मिली धेरै सामाजिक कामहरु गर्न सकिने बताए । विद्यार्थीहरुको क्षमता विकासमा दुबै संस्थाको सहकार्य गरी अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । कार्यक्रममा काभ्रे जेसीजका पुर्व अध्यक्ष ईन्द्र नारायण भैल, चेष्टा साप्ताहिकका सह सम्पादक लक्ष्मण तिमल्सिना, बनेपा जुनियर जेसीजकी श्रेया मानन्धर लगाएतले समुदायमा जेसीजका बारेमा मन्तब्य राखेका थिए ।
कार्यक्रममा वक्तृत्वकला प्रतियोगितामा प्रथम नेपाल प्रहरीकी सृष्टि दास, द्धितिय सोही विद्यालयका युवराज सिं र तृतिय ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानकी कृषा चौलागाई भएका छन् । प्रतियोगितामा उत्कृष्ट हुनेलाई पुरस्कार वितरण गरिएको थियो ।






