नेपाली सेनामा काम गर्ने अवसर, ३ सय ८८ जनालाई रोजगारी खुल्यो

by | मंसिर २६, २०८२

नेपाली सेनामा काम गर्ने अवसर, ३ सय ८८ जनालाई रोजगारी खुल्यो

नेपाली सेनामा ३ सय ८८ जनाको लागि रोजगारी खुलेको छ । नेपाली सेनाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै रोजगारी खुलेको बताएको हो ।

सेनामा रिक्त रहेका प्राविधिकरहवाईरविविध सेवा तर्फका पदिक तथा बिल्लादार पदहरू खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त आह्वान गरिएको छ ।

खुल्लातर्फ २ सय ५, महिला ३१, आदिवासी जनजाती ५३, मधेसी ४४, दलित २८ र पिछडिएको क्षेत्रका ७ जना माग गरिएको छ । मंसिर २६ गतेदेखि पुस २६ गतेसम्म र दोब्बर दस्तुर बुझाई मिति पुस २७ गतेदेखि माघ ३ गतेसम्म आवेदन दिनुपर्ने सेनाले जनाएको छ ।

प्रा।सुको ४ हजार, प्रा।जम। र लेखाको ३ हजार, पण्डित सुद्धा बै ट्रेडका प्रा।अम। र अमल्दार कर्मचारीको २ हार दशतुर शुल्क रहेको छ । मंसिर २६ गतेसम्म १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको (जन्म मिति २०५७/०९/२६ गते देखि मिति २०६४/०९/२६ गतेसम्म) हुनुपर्ने पर्ने सेनाले जनाएको छ ।