रिमोटबाट झण्डोत्तलन गर्दै ओलीले गरे ११ औं महाधिवेशन उद्घाटन
काठमाडौँ / नेकपा एमालेको ११ औँ महाधिवेशन सुरु भएको छ। भक्तपुरको सल्लाघारीमा सुरु भएको समारोहबीच अध्यक्ष केपी शर्मा ओलीले रिमोटबाट झण्डोत्तलन गर्दै महाधिवेशन उद्घाटन गरेका हुन्।
महाधिवेशन उद्घाटन समारोहमा हजारौँको संख्यामा नेता कार्यकर्ता सहभागी छन्। महाधिवेशन प्रतिनिधि संख्या २२ सय बढी छ।
उद्घाटन समारोहमा विभिन्न दलका नेताहरू पनि उपस्थित छन्।






