काभ्रेमा अङ्ग्रेजी भाषा शिक्षकहरुको क्षमता विकास कार्यशाला

by | मंसिर २८, २०८२

काभ्रेमा अङ्ग्रेजी भाषा शिक्षकहरुको क्षमता विकास कार्यशाला सम्पन्न

अङ्ग्रेजी भाषा शिक्षकहरूको पेशागत समाज नेल्टा काभ्रेपलाञ्चोकको आयोजनामा एक दिवसीय क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ । नेल्टा काभ्रे अध्यक्ष गोविन्द प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेल्टाका केन्द्रीय सदस्य तथा नेल्टा काभ्रेका सल्लाहकार अग्नि प्रशाद ज्ञवालीको प्रमुख आतिथ्यता रहेको थियो भने काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका एसोसिएट डिन तथा सह–प्राध्यापक डा.खगेन्द्र आचार्यको विशेष आतिथ्यता र नेल्टा बागमती प्रदेश अध्यक्ष रामेश्वर ठाकुर र नेपाल प्रहरी स्कूल साँगा काभ्रेका प्रिन्सिपल मोहन पौडेलको आतिथ्यता रहेको थियो । कार्यक्रममा काठमाडौं विश्वविद्यालयका सह–प्राध्यापक डा. खगेन्द्र आचार्यले सहयोग प्रस्तावना लेखन सम्बन्धि तालीम तथा कार्यशाला सञ्चालन गरेका थिए ।

नेपाल प्रहरी स्कूल साँगा काभ्रेको एक सभा हलमा सम्पन्न उक्त कार्यक्रममा ५० जना प्रधानाध्यापक, शिक्षा क्षेत्रमा काम गर्नुहुने वौद्धिक व्यक्तित्वहरु र अङ्ग्रेजी शिक्षकहरूको सहभागिता रहेको थियो । सहभागीहरूले कार्यक्रम धेरै उपयोगी र प्रभावकारी भएको प्रतिकृया दिएका छन् । उक्त कार्यक्रमको सञ्चालन नेल्टा काभ्रेका सचिव गंगाराम कडेलले गरेका थिए ।