छुरा प्रहार गरी हजुरबाले गरे नातिको हत्या
पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्णसिंह आङदेम्वेले ३६ वर्षीय नाति प्रेमराज आङदेम्बेलाई छुरा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) अनिषकुमार कर्णले जानकारी दिए ।
कर्णका अनुसार घरायसी विवादमा वर्णसिंहले प्रेमरालाई आइतबार दिँउसो छुरा प्रहार गरेका थिए । प्रेमराजको घट्नास्थलमै ज्यान गएको र जानकारी प्राप्त हुनासाथ डिएसपी कर्णको नेतृत्वमा प्रहरी टोली घट्नास्थलमा पुगेको उनले बताए ।
साँझ ५ बजेपछि घटनास्थलको प्रकृति मुचुल्का सुरु गर्नुका साथै मृतकको शव पोष्टमार्टमाका लागि पाँचथर जिल्ला अस्पताल ल्याउन तयारी भइरहेको प्रहरीले जनाएको छ । बर्णसिंलाई नियन्त्रणमा लिइएको कर्णले बताए ।






