थकाली खाना र विभिन्न स्वादका बेकरीका लागि बनेपाको गोदामचोकमा पुर्वाञ्चल क्याफे
बनेपा/बनेपाको गोदामचोक पनौती रोडमा पुर्वाञ्चल क्याफेले औपचारिक रुपमा सेवा शुरु गरेको छ । बालिका जिया आचार्यले क्याफेको शुभारम्भ गरेकी हुन् ।
‘२२ वर्ष लामो इतिहासलाई कायम राख्दै उपभोक्ताहरुको स्वास्थ्यलाई समेत ध्यान दिदै गुणस्तरीय परिकार सहित १० औ शाखाका रुपमा बनेपाको गोदामचोकमा सेवा प्रारम्भ गरिएको छ’– संस्थापक दामोदर दवाडीले भने–‘बनेपामा पनि अन्य शाखाहरुमा जस्तै आईसक्रिम, बेकरी लगायत रेस्टुरेन्ट सेवालाई प्राथमिकता दिएका छौं ।’ २०६१ सालमा इटहरीमा पुर्वाञ्चल क्याफे आईसक्रिमका लागि स्थापना भएको थियो । क्रमश बेकरी शुरु गरी प्रख्यात भएको पुर्वाञ्चल क्याफेले सेवा विस्तार गरी रेस्टुरेन्ट शुरु गरेको थियो ।
हेटौडा स्थायी घर भएका विडारी विदेश जाने तयारीमा थिए । त्यहि समय उनले इटहरीमा पुगेर आईसक्रिम ब्यवसाय गर्ने योजना बनाए । त्यहि ब्यवसाय सफल बन्दै गए पछि उनले सेवा विस्तार गरी शाखा समेत बढाएका हुन् । क्याफेमा बेकरी, कफी, थकाली खानाका विभिन्न परिकाहरु उपलब्ध हुने संचालक श्रवणकुमाार आचार्यले बताए ।
पार्किङको पर्याप्त उपलब्धता सहित उत्कृष्ट व्यवस्थापनमा गुणस्तरीय सेवा संञ्चालन हुने संचालक आचार्यले बताए । बेकरीका लागि गुणस्तरीय र फरक स्वाद सहितका परिकारहरु उपलब्ध हुने संचालक आचार्यले बताए । साथै थकाली खाना र खाजाका लागि उपयुक्त पुर्वाञ्चल क्याफे हुने उनको दावी छ । समुहगत बैठक तथा केहि समयमा सकिने खालका कार्यक्रमहरुका लागि पनि ब्यवस्थित हुने पुर्वाञ्चल क्याफेले बनेपामा फरक स्वाद र परिकार उपलब्ध गराउने लक्ष्य लिएको संस्थापक दामोदर विडारीले बताए ।
विहान ७ बजे देखि राति १० बजेसम्म सेवा उपलब्ध हुने संचालक आचार्यले बताए ।





