१९ सय रुपैयाँले बढ्दा आज सुनको मूल्य हालसम्मकै उच्च

by | मंसिर २९, २०८२

१९ सय रुपैयाँले बढ्दा आज सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं/ नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

सोमबार (मंसिर २९) सुन प्रतितोला १९ सय रुपैयाँले बढेर दुई लाख ५८ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन दुई लाख ५८ हजार ८०० रुपैयाँ कायम थियो । सो दिन प्रतितोला २२ सय रुपैयाँले बढेको थियो । 

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । महासंघका अनुसार प्रतितोला ४५ रुपैयाँले बढेर तीन हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन प्रतितोला तीन हजार ८२५ रुपैयाँ थियो ।