सिद्धार्थ बाल गृह धुलिखेलको १३ औं सभा र सामाजिक परिक्षण
धुलिखेल/सिद्धार्थ बाल गृह धुलिखेलले १३ औं बार्षिकोत्सव सँगै सामाजिक परिक्षण गरेको छ । धुलिखेल नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष शर्मिला श्रेष्ठको सभापतित्व रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले धुलिखेल नगर क्षेत्रमा रहेका बालगृहहरुको नियमित अनुगमन, सुझाव तथा सहयोग र समन्वय गरिरहेको बताए । ‘बालबालिकाहरुको हकहित र संरक्षणका लागि बालगृहहरुले खेलेको भूमिका महत्वपूर्ण छ’–उनले भने–‘सरकारको सहयोगी निकायका रुपमा बाल गृहहरुले बालबालिकाहरुको संरक्षण, उनिहरुको रेखदेख तथा न्यूनतम आवश्यकता सहित उनिहरुको भविश्यमा समेत आई पर्ने हरेक विषयमा गरेको जिम्मेवारीपूर्ण उत्तरदायित्व बहन गरेका छन् ।’ नगरपालिकाले आवश्यक नीति निर्माण र कानून निर्माणमा सहयोग पु¥याउने उनले बताए ।
कार्यक्रममा नगर स्थित विभिन्न निकाय तथा संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । हरिसिद्धी प्राविका शिक्षक योगेन्द्र प्रसाद बडाल, बाल परिषदका सदस्य लोचन रेग्मी लगायतका प्रतिनिधिहरुले सिद्धार्थ बालगृहले समुदायमा पु¥याएको योगदान र बालगृहका न्यूनतम मापदण्डका सन्र्दभमा धारणा राखेका थिए । बालगृहमा हाल २९ जना बालबालिकाहरु छन् । कार्यक्रममा अध्यक्ष शर्मिला श्रेष्ठले संस्थाले गरेका कृयाकलापहरुका बारेमा जानकारी दिदै आगामी आर्थिक वर्षका कार्यक्रमहरुका बारेमा धारणा राखेकी थिईन् ।
आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक प्रगती र मुख्य उपलब्धीहरुका बारेमा जानकारी दिदै अध्यक्ष श्रेष्ठले भनिन– ‘आ.व.२०८१/८२ सालमा २९ जना बालबालिकाहरुको रहनसहन आवासमा मिलिजुली बसी आ–आफ्नो जिम्मेवारीको काम गर्ने, पढ्ने, भाई बहिनीहरुको हेरविचार आर्ने आफु मेहेनती भई पढ्ने र कक्षामा राम्रो अंकहरु ल्याई उर्तिण भईरहेका छन् ।’ धुलिखेल वडा नं. ०१ देबिटारका २ जना बालबालिकाहरु आवासिय रुपमा भर्ना भएका छन् । जसमा १ जना बालिका र १ जना बालक बालगृह सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ को भर्ना पक्रिया अनुसार बालकल्याण अधिकारी मार्फतको पत्रचार अनुसार भर्ना लिएको छ ।
सिद्धार्थ बालगृहको सहयोगमा विभिन्न विद्यालयहरुमा पठनपाठन गरिरहेका बालबालिकाहरु आफ्नो कक्षाबाट राम्रो नतिजा ल्याई पास भई माथिल्लो कक्षामा पठनपाठन गरिरहेका उनले बताईन् । आ.व.२०८१/८२ सालमा गृहबाट १ जना बालक होटल म्यानेजमेन्ट बिषय, १ जना बालिका कम्प्युटर साइन्स, १ जना बालिका विजनेस स्टडी विषयमा र परिवारमा भएका छात्रवृत्ति तर्फबाट १ जना बालिका हेल्थ असिस्टेन्ट विषय अध्ययन गरी राम्रो नतिजा ल्याई १२ कक्षामा उतिर्ण भएका छन् । त्यस्तै सोहि वर्ष १ जना किशोरी र १ जना किशोर गरी २ जना किशोरीहरुले राम्रो अंक ल्याई १२ कक्षा पास गरी हाल स्नातक तहको अध्ययन गर्ने क्रममा छन् । आ.व.२०८१/८२ सालमा यस गृहबाट १ जना किशोरी कान्तिपुर डेन्टल कलेजमा डिप्लोमा इन डेन्टल साईन्सको अन्तिम वर्षको अध्ययन गर्दै छिन् । आ.व.२०८१/८२ सालमा यस गृहको १ जना किशोरी परिवारमा भएका छात्रवृत्ति कार्यक्रम तर्फ बाट काठमाडौं स्थित नाथम कलेजमा होटल म्यानेजमेन्ट विषयमा स्नातक तहको अन्तिम वर्षको अध्ययन गर्दै हाल दुबै भन्ने देशमा इन्टनसिभ गर्दै छिन् ।
आ.व.२०८१/८२ सालमायस सिद्धार्थ बालगृह संस्थाले यस धुलिखेल नगरपालिका वडा नं. ०७ अवस्थीत हरिसिद्धी आधारभुत विद्यालयलाई २०७८ साल देखि निरन्तर रुपमा ६० जना अध्ययनरत बालबालिकाहरुलाई कापी, कलम, खेलकुद सामाग्रीहरु, विध्यालय पोषक, जुत्तामोजा, स्वीटरब्याक साथै दिवा खाजा पनि सहयोग गर्दै आएको र आ.व २०८२/८३ सालमा पनि नीरन्तर रुपमा सहयोग गरी उक्त विध्यालयका अध्ययनरत ६० जना बालबालिकाहरुले सेवा सुविधा पाईरहने छन् । आ.व.२०८१÷२०८२ सालमा यस सिद्धार्थ बालगृह संस्थाले यस धुलिखेल नगरपालिका वडा नं. ०७ अवस्थीत सञ्जीवनी माध्यमीक विध्यालयमा अध्ययनरत कक्षा इ.सी.डी देखी कक्षा ६ सम्मका जम्मा १६ जना बालबालीकाहरुलाई विद्यालय भर्ना शुल्क, परिक्षा शुल्क, शैक्षिक सम्पुर्ण सामाग्रीहरु, विद्यालयपोषक, जुत्तामोजा स्वीटर, व्याक आदी सहयोग गर्दै आएको छ ।
आ.व.२०८१/२०८२ सालमा नेपाल सरकारले दिने छात्रवृत्ति कार्यक्रम अन्तर्गत यस सिद्धार्थ बाल गृह संस्थामा रहेका जम्मा ६ जना बालबालिकाहरु पनि छात्रवृत्ति छनोटमा परेका छन । सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरी गा.पा. वडा नं. १ र २ बाट यस सिद्धार्थ बाल गृह संस्थामा रहेका ७ जना बालबालकाहरुलाई सामाजिक सुरक्षा भत्ता कार्यक्रम अन्तर्गत प्रति व्यक्ति वार्षिक २४ हजारका दरले छात्रवृत्ति दिएका छन । आर्थिक वर्ष २०८२/२०८३ मा सिद्धार्थ बालगृहमा भएका बालबालिकाहरुलाई निरन्तर गुणस्तरीय सेवा प्रदान गर्ने, बालबालिकाहरुको बालअधिकार सुनिश्चित गर्न चाहिने तालिम बालबालिकाहरु, कर्मचारीहरु र कार्यसमितिका पदाधिकारीहरुलाई आयोजना गर्ने, बालसंरक्षण निती र बाल आचार सहितालाई पूर्ण पालना गरी बालबालिकाहरुलाई सेवा पु¥याउने, हाल सम्म विदेशी दातृ संस्थाको सहयोगबाट बालगृह सञ्चालन भैइरहेकोमा आगामी दिनहरुमा संस्थालाई दिगोपन दिन र संस्थाको कार्यक्रमहरु निरन्तर चलाउन स्थानीय लगायत अन्य संस्थाहरुबाट संस्था आत्मनिर्भर गर्न पहल गर्ने योजना बनाएको छ ।
बालगृह सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७९ अनुसार रिक्त भएको स्थानमा आवश्यकताको प्राथमिकताका आधारमा बालबालिका सम्बन्धी नियमावली २०७८ अनुसार बालकल्याण अधिकारीको सिफारीस पत्र सहित भर्ना गर्ने, संस्थाको बाल संरक्षण निति लागुगरी संरक्षण सुरक्षामा अझ सुदृढ गर्ने, समयसमयमा बालबालिकाहरुको पारिवारिक अवस्था र व्यवस्थाको लेखाजोखा गरी बालगृहबाट बालबालिकाहरु उचित तवरले परिवारमा पुर्नस्थापना गर्न कोसिस गर्ने, संस्थाको पुर्ण जानकारी सहित वेवसाइट राख्ने, केन्द्रिय र स्थानीय संघसंस्थाहरु तथा निकायहरु संग निरन्तर आवश्यक समन्वय गर्ने, स्थानीय निकाय, बालक्लब सञ्जाल, विभिन्न क्लबहरुको कार्यक्रमहरुमा सहभागीता जनाउने लगायतका योजनाहरु तय गरिएको अध्यक्ष श्रेष्ठले बताईन् ।
बालगृहबाट पूर्ण रूपमा पारिवारिक पुर्णस्थापना भएका वयस्काहरुलाई स्वावलम्वी बनाउने, आवश्यकता अनुसार छात्रवृत्ति कार्यक्रमहरु थप गर्ने, सम्पुर्ण वालवालिकाहरु र यस संस्था बाट सहयोग पाईरहेको वयस्कहरु सबैको स्वास्थ्य र उन्नती प्रगतिको माध्यममा सहभागी हुने प्रेरणा दिने योजना छ । सिद्धार्थ बालगृह संस्था संचालनका लागि हालसम्म जर्मनी अन्तराष्ट्रिय संस्था सिद्धार्थ हल्के पपुर नेपाल, जर्मनी ह्याम्बोर्गले निरन्तर आर्थिक सहयोग गर्दै आइरहेको छ ।






