बनेपा नगरपालिकाले सेवाप्रवाहलाई प्रविधिमैत्री बनाउँदै

by | मंसिर २९, २०८२

बनेपा नगरपालिकाले सेवाप्रवाहलाई प्रविधिमैत्री बनाउँदै

बनेपा नगरपालिकाले सम्पूर्ण सेवा प्रवाहलाई क्रमशः प्रविधिमैत्री बनाउने भएको छ । नगर क्षेत्र भित्र रहेका सवै सरकारी, गैरसरकारी संघ संस्थाहरुसँग गरिने सवै किसिमका कार्यहरुलाई डिजिटिल विधिबाट सम्पादन गर्ने योजना अनुसार आज एक कार्यक्रमकाबीच डिजिटल सेवा प्रवाहको समुद्घाटन गरिएको छ । कामलाई थप प्रभावकारी बनाउन तथा नगरवासीहरुको स्वास्थ्य उपचारको लागि बेनपा नगरपालिकाले नगर भित्रका प्रमुख अस्पतालहरु ( रेयुकाई एइको मासुनागा आँखा अस्पताल, शिर मेमोरियल अस्पताल, स्पाईनल ईन्जुरी तथा पुनस्र्थापना केन्द्र र रेडक्रस सोसाईटी बनेपा ) सँग गरेको सम्झौता बमोजिम गरिने कार्यलाई थप सरल, सहज, विश्वसनीय र प्रभावकारी ढंगले डिजिटल माध्यामबाट गर्ने उद्देश्यका साथ सरोकारवालाहरुसँगको छलफलपछि सेवा सुरु गरिएको हो ।

सेवा प्राहलाई प्रविधिमैत्री बनाउनको लागि निर्माण गरिएको
डल्फिनट्रयाप मोडलको अनलाईन सफ्टवेर आज स्पानईल ईन्जुरी संघको सभाहलमा बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्य, उप प्रमुख विमला सापकोटा, बनेपा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछाने, सरोकारवाला सवै निकायको प्रमुख एवं प्रतिनिधि र प्राविधिक कर्मचारी समेतको उपस्थितिमा ईन्जुरी संघमा उपचाररत एक जना विरामीलाई उक्त प्रणालीबाटै आर्थिक सहयोग गरी संयुक्त रुपमा समुद्घाटन गरिएको हो । उक्त कार्यक्रममा नगर प्रमुख शाक्यले बनेपा नगरपालिकाले पछिल्लो समयमा क्रमशः सेवा प्रभावलाई प्रविधिमैत्री बनाउने क्रममा फड्को मारेको बताए । ले यस अभियानमा गरेको सहयोगले अझ नगरपालिका एक कदम अघि वढेको उनको भनाई छ । साथै यो मोडल हाल सम्म सम्भवत नेपालकै पहिलो भएको उनको भनाई छ । नगर उप प्रमुख विमला सापकोटाले अव बाँकी रहेको अन्य सेवालाई पनि नगरपालिकाले छिटै प्रविधिसँग जोडिने बताइन् । उक्त कार्यक्रमको प्रस्तुती सहकारी तथा सामुदायिक विकास शाखा प्रमुख दिनेश कुमार पोखरेलले गरेका थिए ।