कांग्रेस सदस्यता विवादः क्रमसंख्यासहितको फारम २४ घण्टाभित्रै जिल्ला पठाइने
नेपाली कांग्रेस क्रियाशील व्यवस्थापन समितिले २४ घन्टाभित्र क्रम संख्या उल्लेख भएका क्रियाशील सदस्यता फारम जिल्ला–जिल्लामा पठाउने निर्णय गरेको छ।
मंगलबार बसेको समितिको बैठकले सदस्यताको फाराम क्रमसंख्यासहितकै उपलब्ध गराउने निर्णय गरेको सदस्य प्रकाश रसाइली ‘स्नेही’ले जानकारी दिए ।
रसाइलीका अनुसार समितिले आज पार्टीको निर्वाचन समितिका संयोजक खम्ब खाँतीसँग पनि छलफल गरेको थियो। छलफल विदेशस्थित जनसम्पर्क समितिको सदस्यता फाराम अनलाइनमार्फत भर्न पुस ५ गतेसम्मका लागि खुला गर्नुपर्ने विषयमा केन्द्रित रहेको उनको भनाइ थियो।






