सवारी आवागमनमा रोक नलगाइ चुनाव गराउने आयोगको तयारी

by | पुस १, २०८२

सवारी आवागमनमा रोक नलगाइ चुनाव गराउने आयोगको तयारी

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको दिन सवारी आवागमनमा रोक नलगाउने गरी निर्वाचन आयोग तयारीमा जुटेको छ ।

मंगलबार आयोगमा आयोजित छलफलमा बोल्दै निर्वाचन आयुक्त सगुन शमशेर जबराले यस्तो जानकारी दिएका हुन् ।

विगतका निर्वाचनहरूमा दलहरूले अनावश्यक व्यक्ति ओसारपोसार गर्ने आशंकाका कारण सवारी आवागमनमा रोक लगाउने गरिए पनि यो पटक यातायात बन्द नगरिकनै निर्वाचनको तयारीमा आयोग जुटेको पनि बताए ।

विश्वका कतिपय मुलुकहरूमा यातायात बन्द गरेर निर्वाचन नहुने अभ्यास रहेको भन्दै नेपालमा पनि सोहीअनुसार अघि बढ्ने तयारी भइरहेको उनको तर्क छ ।

स्थानीय तहमा राजनीतिक दल तथा उम्मेदवारहरूले मतदातालाई मतदानस्थलसम्म पुर्‍याउने व्यवस्था गर्नसक्ने भएपनि आयोग आफैंले बस सञ्चालन गरेर अपांगता भएका लगायतका व्यक्तिलाई सेवा दिनसक्ने अवस्था भने नरहेको स्पष्ट पारे ।