एमाले महाधिवेशन निर्वाचनमा एक चौथाइ मत खस्यो
काठमाडौं / नेकपा (एमाले) को ११औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा हालसम्म ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचनमा दिउँसो २:३० बजेसम्म कुल मतको करिब एक चौथाइ मतदान सम्पन्न भएको एमाले नेता कुसान लामाले जानकारी दिए।
एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको यस निर्वाचनमा कुल २,२६३ जना मतदाता रहेका छन्। भित्र मतदान प्रक्रिया जारी रहँदा बाहिर नयाँ नेतृत्वका आकांक्षी नेता–कार्यकर्ताहरू मत माग्न सक्रिय देखिएका छन्।






