विरायनी पारखीहरुका लागि खुल्यो बनेपा चोकमा ‘विरायनी प्वाईन्ट’
बनेपा/बनेपा चारदोवाटो नजिकै अरनिको राजमार्गको भित्र कुमारी बैक पछाडी विरायनीका पारखीहरुका लागि विरायनी प्वाईन्ट शुभारम्भ भएको छ । नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पुर्व अध्यक्ष मोतीराम तिमल्सिनाले विरायनी प्वाईन्टको शुभारम्भ गरेका हुन् ।
मोहम्मद शेख अताउल संचालक रहेको उक्त विरायनी प्वाईन्टमा हैदरावादी दम विरायनी र हैदरावादी मुरादावादी विरायनी उपलब्ध छ । हैदरावादी दम विरायनी मसलायुक्त हुन्छ भने अर्काे सादा । दुबै विरायनीको मुल्य भने एउटै रहेको संचालक अताउलले जानकारी दिए । चिकेन, रोस्ट, चिकेन कवाफ, चिकेन कुर्मा, चिकेन चेगेज, चिकेन सोर्मा लगायतका परिकार उपलब्ध रहेका छन् । गुणस्तरीय र विभिन्न स्वादमा विरायनी उपलब्ध गराउने गरी शुरु गरिएको उनले बताए ।
शुभारम्भ कार्यक्रममा तिमल्सिनाले बनेपामा फरक खालको स्वादमा विरायनी प्वाईन्ट शुभारम्भ गरेकोमा शुभकामना ब्यत्त गरे । ‘राजधानीबाट पुर्वी नाका हुँदै जाने यात्रुहरु तथा राजधानी प्रवेश गर्नेहरुका लागि समेत विरायनी प्वाईन्टले सेवा उपलब्ध गराउन सक्छ’–पुर्व अध्यक्ष तिमल्सिनाले भने–‘गुणस्तर सहित स्वादमा ध्यान दिन सक्नु पर्छ । बनेपाको ब्यापारीक नगरीमा फरक खालको स्वाद पस्कन शुरु भएको विरायनी प्वाईन्ट हरेकको आर्कषक बन्न सक्छ ।’
विरायनी प्रति केजीमा उपलब्ध हुनेछ । आवश्यकता अनुसार २ सय ५० ग्राम, ५ सय ग्राम र १ केजीको दर तोकिएको छ । दम विरायनी र सादा विरायनीको मुल्य एउटै छ । प्रति २ सय ग्रामको १ सय ८० रुपैया, ५ सय ग्रामको ३ सय रुपैया र १ केजीको ६ सय रुपैया तोकिएको संचालक अताउलले जानकारी दिए ।






