एमाले अध्यक्षमा तेस्रो कार्यकालका लागि केपी शर्मा ओली विजयी

by | पुस ३, २०८२

एमाले अध्यक्षमा तेस्रो कार्यकालका लागि केपी शर्मा ओली विजयी

काठमाडौं /नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा पुगेका छन् ।

ओलीको बुधबार तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । यसअघि नवौं र दशौं महाधिवेशनबाट पनि ओली नै अध्यक्षमा निर्वाचित भएका थिए ।

निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १६ सय ६३ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् । मतगणनाको औपचारिक घोषणा हुन भने बाँकी छ ।