एमाले सचिवमा महेश बस्नेतले पाए सबैभन्दा बढी मत

by | पुस ३, २०८२

एमाले सचिवमा महेश बस्नेतले पाए सबैभन्दा बढी मत

काठमाडौँ / एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित ९ सचिवमध्ये सबैभन्दा धेरै मत महेश बस्नेतले प्राप्त गरेका छन् ।

अन्तिम मत परिणामअनुसार बस्नेतले १५४४ मत पाए । यस्तै, दोस्रो स्थानमा पद्माकुमारी अर्याल (१५३०) छिन् । छविलाल विश्वकर्माले १५०६, शेरधन राईले १५०३, हिक्मतकुमार कार्कीले १३३७, खगराज अधिकारीले १२३१, यामलाल कँडेलले ११८५ र राजन भट्टराईले (११८१) मत ल्याई सचिवमा निर्वाचित भएका छन् । भानुभक्त ढकाल पनि ११०८ मतसहित सचिवमा निर्वाचित भए ।

अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित भएका छन् । ओलीले १ हजार ६ सय ६३ मत ल्याएका भने अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् ।