एमाले केन्द्रिय सदस्यमा काभ्रेबाट ६ जना निर्वाचित

by | पुस ३, २०८२

एमाले केन्द्रिय सदस्यमा काभ्रेबाट ६ जना निर्वाचित

नेकपा एमालेको ११ ओं राष्ट्रिय महाधिवेशनमा काभ्रेका ६ जना केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । सचिवमा झिनो मतले पराजित भएका गोकुल बास्कोटा केन्द्रिय सदस्यमा भने निर्वाचित भएका छन् । बास्कोटा खुला केन्द्रीय सदस्यमा ११९५ मतका साथ विजयी भएका हुन् । बास्कोटा सचिवमा ७८ मतले पराजित भएका थिए । केन्द्रिय सदस्यमा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य एवं एमाले काभ्रेका पुर्व अध्यक्ष अशोक ब्याञ्जु, केन्द्रिय कमिटी सदस्य नविना लामा, अनेरास्ववियुका पुर्व अध्यक्ष समिक बडाल, राष्ट्रिय युवा संघ नेपालका पुर्व उपाध्यक्ष अमित लामा र केन्द्रिय सदस्य समावेशी दलित महिला रुक्मिणी राना बराइली निर्वाचित भएका छन् ।