रविले विदेश जानुपरे अदालतबाट अनुमति लिनुपर्ने

by | पुस ३, २०८२

रविले विदेश जानुपरे अदालतबाट अनुमति लिनुपर्ने

काठमाडौँ /बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छाड्दा अदालतले विभिन्न सर्त राखेको छ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई निवेदन अनुसार धरौटीमा रिहा गर्न आदेश दिएको हो। उनी आफ्नो भागमा परेको बिगो बराबरको धरौटी रकम बुझाएर रिहा हुनेछन्।

बिहीबार न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले रवि लामिछानेले गरेको निवेदनअनुसार बिगो बमोजिमको धरौटी रकम बुझाएर छाड्न आदेश दिएको हो।

आदेश गर्दा इजलासले केही सर्त पनि राखेको छ। जसमध्ये विदेश जानुपरेको खण्डमा लामिछानेले अदालतलाई जानकारी दिनुपर्नेछ।

‘व्यक्तिगत वा संस्थागत रूपमा विदेश यात्रा गर्नुपरे अदालतलाई पूर्वजानकारी दिने, ’आदेशमा भनिएको छ।