काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ्ग संघमा श्यामकुमार भालु (मुनाल) अध्यक्ष

by | पुस ३, २०८२

काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ्ग संघमा श्यामकुमार भालु (मुनाल) अध्यक्ष

बनेपा/काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ्ग संघको नवौ बार्षिक साधारण सभा तथा चौथो अधिबेशन बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादे श्रेष्ठको प्रमुख आतिथ्यता तथा अध्यक्ष शिव प्रसाद तिमल्सिनाको अध्यक्षतामा सम्पन्न भएको छ ।

अधिबेशनको उद्घाटन गर्दै मन्त्री बादे श्रेष्ठले आर्थिक मन्दीसँगै नागरिकहरुका हरेक कार्यहरु पार्टी प्यालेसमा गर्न शुरु भएको र हरेक कार्यहरुमा क्याटरिङको आवश्यकता हुने भएकाले गुणस्तरीय र स्वच्छ वातावरणमा सेवा उपलब्ध गराउन अनुरोध गरे । अधिबेशनको बन्द सत्रले श्यामकुमार भालु (मुनाल) को अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।

समितिको बरिष्ठ उपाध्यक्षमा जनार्दन पौडेल, उपाध्यक्ष लक्ष्मीनारायण श्रेष्ठ, सचिव मधुसुदन ढकाल, सह सचिव मच्छेनारायण ताम्राकार, कोषाध्यक्ष अरुण कर्माचार्य, सह कोषाध्यक्ष कुमार श्रेष्ठ रहेका छन् । सदस्यहरुमा मुनेश्वर कायश्थ, श्रीकृष्ण मानन्धर, अरुणकाजी बैद्य, सुबासचन्द्र सुवेदी, अर्जुन अनुवार, किशोर हलुवाई, अवतार पाठक र रामेन्द्र श्रेष्ठ रहेका छन् ।

अधिबेशनको उद्घाटन सत्रमा नगर प्रमुख शान्तिरत्न शाक्य, केन्द्रीय बरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद पाण्डेय लगायतका केन्द्रीय नेताहरु, विभिन्न जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरु, काभ्रे उद्योग बाणिज्य संघका महासचिव रजित पलाञ्चोके, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने लगायतका ब्यक्तिहरुले ुशभकामना दिएका थिए ।

कार्यक्रममा पार्टी प्यालेस तथा क्याटरिङ संघको संस्थागत विकास तथा आगामी योजनाका बारेमा छलफल गरेका थिए । कार्यक्रममा बरिष्ठ उपाध्यक्ष श्यामकुमार भालु मुनालले स्वागत मन्तब्य राखेका थिए ।