कस्तो रहला आज देशभरको मौसम ?

by | पुस ४, २०८२

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौँ /लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अन्य भू-भागमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन।

आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली भू-भागमा आंशिक बदली रहनेछ ।  

आज राति सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । 

शनिबार सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।