ज्ञानेश्वरी माविको ७१ औँ वार्षिकोत्सव तथा शैक्षिक प्रदर्शनी सम्पन्न
काभ्रे/ज्ञानेश्वरी माध्यमिक विद्यालयको ७१औँ वार्षिकोत्सव तथा शैक्षिक प्रदर्शनी–बिहिबार रूपमा सम्पन्न भएको छ।
विद्यालयको वार्षिक कार्ययोजना अनुसार आयोजना गरिएको कार्यक्रममा पाँचखाल नगरपालिकाकी उप–प्रमुख सुर्यमाया दनुवारको प्रमुख आतिथ्यता रहेको थियो भने नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उदयप्रसाद कोइराला विशेष अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्बरबहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा पाँचखाल नगरपालिका वडा नं. १ का वडाध्यक्ष जयबहादुर तामाङ, वडा सदस्य इन्द्रबहादुर तामाङ, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्षहरू मुक्तिनाथ पोखरेल, दुर्गाप्रसाद लम्साल, रविचन्द्र तिवारी, नारायण ढकाल, कुलमान तामाङ, धनबहादुर तामाङ, पूर्व प्रधानाध्यापक कान्छामान तामाङ, तथा पूर्व शिक्षक संघ अध्यक्षहरू ठाकुरप्रसाद बजगाईं र दिनानाथ काफ्लेको समेत उपस्थिति रहेको थियो।
यसैगरी सहयोगी संस्थातर्फ नयाँ पुस्ता नेपालका अध्यक्ष राजमान तामाङ, नेपाल नाजरेत सोसाइटीकी सिस्टर मिरा, जीवनकला सुब्बा, आस्मा श्रेष्ठ, स्वर्गीय दयानाथ लम्साल स्मृति कोषकी संस्थापक शर्मिला लम्साल अर्याल, पाँचखाल रियलायन्स क्लबका अध्यक्ष दमन अधिकारी तथा छिमेकी विद्यालयका प्रधानाध्यापकहरू कालिका माविका रमेश यादव, भक्रमदेवी माविका शशिविक्रम के.सी., बाल प्रतिभा आविका अनिल श्रेष्ठ र ज्ञानोदय आविका मेघनाथ अधिकारी अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। साथै अनैकोट दुग्ध उत्पादक सहकारी संस्था लि. र पञ्चकन्या दुग्ध उत्पादक सहकारी संस्था लि. का अध्यक्षहरूको पनि आतिथ्यता रहेको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापकले चालु आर्थिक वर्षको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा पाँचखाल रियलायन्स क्लबका अध्यक्ष दमन अधिकारीले विद्यालयका सबै विद्यार्थीहरूको निःशुल्क आँखा जाँच शिविर सञ्चालन गर्ने जानकारी दिए। साथै यस वर्षको एसइई उत्कृष्ट विद्यार्थीलाई स्व. बुबा रामशरण अधिकारीको स्मृतिमा रु. ५,००० सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा पूर्व प्रधानाध्यापकहरू, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्षहरू, शिक्षक संघ अध्यक्षहरू, सहयोगी संस्था तथा व्यक्तिहरूलाई सम्मान पत्र प्रदान गरियो भने प्रमुख तथा विशिष्ट अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो। विशिष्ट अतिथिबाट कार्यक्रम उद्घाटन गरिएको थियो भने प्रमुख अतिथिबाट शैक्षिक प्रदर्शनीअन्तर्गत भोल्क्यानोको नमूना अवलोकन गरिएको थियो।
कार्यक्रममा विभिन्न वक्ताहरूले विद्यालयको शैक्षिक उन्नति र विकासको कामना गर्दै शुभकामना मन्तव्य राखेका थिए। विद्यार्थी, अभिभावक, समाजसेवी तथा बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा ३६ वटा शैक्षिक सामग्रीको प्रदर्शन गरिएको थियो।






