अपराध न्यूनीकरणमा काभ्रे प्रहरी, २६ वटा अपराध सम्वन्धी ७८ वटा सचेतनामुलक कक्षा, प्रत्यक्ष सहभागि १९ सय ६३

by | पुस ४, २०८२

अपराध न्यूनीकरणमा काभ्रे प्रहरी, २६ वटा अपराध सम्वन्धी ७८ वटा सचेतनामुलक कक्षा, प्रत्यक्ष सहभागि १९ सय ६३

मसिंर महिनामा काभ्रेपलाञ्चोक जिल्लाका प्रहरी कार्यालहरुमा ५३ वटा मुद्दा दर्ता भएका छन् । ३४ अभियुक्त पक्राउ परेका छन् ।

धुलिखेल/प्रहरीले हरेक दिन प्रहरी केन्द्रीय कार्यालय र हरेक महिना जिल्ला जिल्लामा प्रगति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । काभ्रेपलाञ्चोक जिल्लामा भएका गतिविधिका सन्दर्भमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले पुष २ गते मसिंर महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ ।

‘जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट मसिंर महिनामा सम्पादित विभिन्न कार्य तथा गतिविधिहरु हरेक महिनामा सार्वजनिक हुनेछ’–प्रहरी निरीक्षक एवं सूचना अधिकारी बेदनारायण श्रेष्ठले भने – ‘२०८२ मसिंर महिनाको अपराध तथ्यांक पुष २ गते सार्वजनिक गरिएको छ ।’

अपराध अनुसन्धान तथा नियन्त्रण तर्फ जघन्य तथा गम्भीर अपराध, महिला बालबालिका तथा ज्येष्ठ नागरीकसँग सम्वन्धित र आर्थिक अपराधका घटना दर्ताको शीर्षकगत तथ्यांक सार्वजनिक भएको छ । एक महिनाको अवधीमा ५३ वटा मुद्दा दर्ता भएका छन् । २१ वटा फछर्याैट भएका छन् । ३२ वटा अझै फछर्याैट हुन बाँकी छ । यो अवधीमा १८ पुरुष, ९ महिला र २ बालिका गरी २९ जनाले ज्यान गुमाएका छन् । ३२ पुरुष र २ महिला गरी ३४ जना अभियुक्त पक्राउ परेका छन् । १० जना फरार अभियुक्त पक्राउ गपरेका छन् ।

प्रहरीले एक महिनामा २६ वटा अपराधसँग ७८ वटा सचेतनामुलक कार्यक्रम संचालन गरेको छ । जसमा १९ सय ६३ जना नागरिक प्रत्यक्ष सहभागि भएका थिए । त्यस्तै फैसला कार्यान्वयनमा पनि प्रहरीले सक्रियता देखाएको छ । चेक अनादारका ३ वटा, बैकिङ कसुरका ३ वटा, चोरीका ३ वटा, जालसाजी, लुटपिट र सवारी अगंभगंका १/१ गरी १२ वटा मुद्दाको २ वर्ष १२ महिना १५ दिनको कैद असुल गरिएको छ । ११ लाख ६२ हजार १ सय ३९ रुपैया जरिवना असुल भएको छ ।