सहमहामन्त्रीमा उठ्न नदिए महामन्त्री पदमा उम्मेदवारी दिने सुनिल शर्माको घोषणा

by | पुस ४, २०८२

सहमहामन्त्रीमा उठ्न नदिए महामन्त्री पदमा उम्मेदवारी दिने सुनिल शर्माको घोषणा

नेपाली कांग्रेसका नेता डा.सुनिल शर्माले पार्टीको १५औं महाधिवेशनमा आफू सहमहामन्त्रीको सशक्त दाबेदार रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेता शर्माले महाधिवेशनमा सहमहामन्त्रीको दाबी गर्ने बताएका हुन् ।

उनले आफूलाई सहमहामन्त्री पदमा उठ्न नदिए आफ्नै ढंगले महामन्त्री पदमा उम्मेदवारी दिने बताए ।

पार्टीका शीर्ष नेताहरूले महाधिवेशनमा दोस्रो तहका नेताहरूमाथि दमन गरे छुट्टै प्यानल बनाएर विद्रोहमा उत्रिने उनको भनाइ छ ।

‘सहमहामन्त्रीमा मेरो उम्मेदवारीको निम्ति आग्रह गर्छु । उहाँहरुले दिनुभएन भने नयाँ ढंगको सोच हुन्छ । महामन्त्रीमा मेरो उम्मेदवारी जान्छ या उपसभापतिमा जान्छ । यो पटक सभापतिमा जाँदिन ।’

उनले पार्टीका वर्तमान महामन्त्री गगनकुमार थापाले चलाएको पार्टी आफूहरूले देखिसकेको भन्दै आफूले चलाएको पार्टी जनतालाई देखाउने इच्छा रहेको बताए ।