सचिवमा झिनो मतले पराजित भएपछि गोकुल बास्कोटाको प्रतिक्रिया–खाल हारियो, च्याँखे जितियो
नेकपा एमालेको सचिव पदमा झिनो मतान्तरले पराजित भएका गोकुल बास्कोटाले अब लाए अह्राएको काम गर्ने प्रतिक्रिया दिएका छन्। शुक्रबार फेसबुकमा एक स्टाटस राख्दै गोकुलले यस्तो बताएका हुन्। उनले खाल हारे पनि च्याँखे जितेको प्रतिक्रिया दिएका छन् ।
‘भनेकै थिएँ–जिते चलाउने, हारे सघाउने,’ गोकुलले लेखेका छन्, ‘खाल हारियो,च्याँखे जितियो। ‘अब लाए अह्राएको गर्ने,नलाए सुन्ने, हेर्ने र ताली बजाउने ।’ तर कुनै फुर्लुङमा तरुवा र सुरुवा बन्न नजाने बताउँदै उनले ‘केही छ अब थप ?’ भनेर प्रश्न गरेका छन्।
सचिवमा ७८ मतले हारेका बास्कोटा केन्द्रिय सदस्यमा भने विजयी भएका छन् ।






