रास्वपा सभापति रवि लामिछानेले जेनजी घाइते र शहिद परिवार भेट्दै

by | पुस ५, २०८२

रास्वपा सभापति रवि लामिछानेले जेनजी घाइते र शहिद परिवार भेट्दै

कारागारबाट हिजोमात्रै रिहा भएका रास्वपा सभापति रवि लामिछाने काठमाडौं आइपुगेका छन् ।

उनी चितवनमा आयोजना गरिएको सभालाई सम्बोधन गरेर केहीबेर अघि काठमाडौं आइपुगेका हुन् ।

लामिछानेले आजै जेनजी घाइते र शहीद परिवारलाई भेट्ने कार्यक्रम तय छ । उनी विमानस्थलबाट सोझै जेनजी घाइतेहरूलाई भेट्न जाने उनी निकट नेताहरूले बताएका छन् ।

त्यस्तै, उनलाई पार्टी कार्यालयमा स्वागत गर्ने कार्यक्रम पनि रहेको छ ।