पक्षपातपूर्ण व्यवहार भए प्रतिवाद गर्ने ईश्वर पोखरेल पक्षको निष्कर्ष

by | पुस ५, २०८२

पक्षपातपूर्ण व्यवहार भए प्रतिवाद गर्ने ईश्वर पोखरेल पक्षको निष्कर्ष

नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहले महाधिवेशनबारे देशव्यापी समीक्षा गर्ने भएको छ। भेलाले महाधिवेशनमा आफुहरूले उठाएका मुद्दाहरूलाई निरन्तर उठाउने निर्णय गरेको छ । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टीको ११ औँ महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गर्ने वातावरण नबनेको आरोप लगाएका छन्। ईश्वर पोखरेलको समूहले आयोजना गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो आरोप लगाएका हुन्।

उनले प्रतिनिधि छनोट, बन्दसत्रदेखि निर्वाचनसम्म नै पार्टीका संचरचनाको दुरूपयोग गर्ने काम भएको बताए। यसले पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक अभ्यासमाथि प्रश्न चिह्न खडा गरेको उनको भनाइ छ। उनले आगामी दिनमा यसको थप समीक्षा गर्ने पनि बताए।

उनले लोकतान्त्रिक अभ्यासमा सहभागी भएपछि आएको परिणामलाई भने स्वीकार गर्ने बताए। एमाले अध्यक्ष केपी ओलीले ल्याएका राम्रा पक्षहरूलाई समर्थन गर्ने र पक्षपातपूर्ण व्यवहार भएर प्रतिवाद गर्ने जानकारी दिए। उनले आगामी निर्वाचन लगायत वाह्य प्रतिष्पर्धामा भने एकजुट हुने बताए। विचारको आधारमा पार्टीभित्र अन्तरसंघर्ष भने जारी रहने उनको भनाइ छ।

उनले अध्यक्ष केपी ओलीको व्यवहारमा कुनै परिवर्तन नआएको उल्लेख गर्र्दै सामुहिक निर्णय र नेतृत्व हस्तान्तरणको एजेन्डा भने उठाइरहने बताए। उनले पार्टीभित्र अपमान हुने गरी कसैको मानमर्दन गरेमा प्रतिवाद गर्ने चेतावनी पनि दिए।

पार्टीको महाधिवेशनमा आफ्नो पक्षले सफलता हासिल गर्न नसेकोमा समीक्षा गर्ने भेलाले निर्णय गरेको उनलेजानकारी दिए। निर्वाचनमा सहभागी भएर सफलता हासिल नसकेकालाई विचलिन नभई पार्टी निर्माणमा लाग्न आग्रह गरेको पनि उनको भनाई छ ।