पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काभ्रेमा नयाँ नेतृत्व

by | पुस ५, २०८२

पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काभ्रेमा नयाँ नेतृत्व चयन

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ जिल्ला कार्य समिति काभ्रेपलाञ्चोकको दशौं वार्षिक साधारण सभा तथा सातौं जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । जिल्ला अध्यक्ष रामकुमार आचार्यको सभापतित्वमा भएको कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघका केन्द्रिय लेखा संयोजक कृष्णराम कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी कार्कीले व्यवसायीबीच मनमुटाव नराखी स्वच्छ प्रतिस्पर्धा गर्दै मिलेर जानुपर्नेमा जोड दिएका छन् । बदलिँदो चुनौतीपूर्ण परिस्थितीको सबै मिलेर सामना गर्नुपर्ने उनको भनाई थियो । कार्यक्रममा केन्द्रिय सदस्य सुविन मानन्धर र भिमप्रसाद आचार्यले पुस्तक तथा स्टेशनरी व्यवसायीको वर्तमान अवस्था र आगामी योजना बारे जानकारी गराएका थिए । स्वागत मन्तव्य प्रथम उपाध्यक्ष राजन श्रेष्ठले राखेका थिए । यसैबिच नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ जिल्ला कार्य समिति काभ्रेपलाञ्चोकको दशौं वार्षिक साधारण सभा तथा सातौं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ । अध्यक्षमा शरण ढकाल निर्वाचित भएका छन् । प्रथम उपाध्यक्ष राजेन्द्र घिमिरे, द्धितीय उपाध्यक्ष सुवास अधिकारी, सचिव मदन ढुंगाना, कोषाध्यक्ष रामसुन्दर भट्टराई, सह–सचिव इश्वर थापा र लेखा संयोजक पदमा खेमराज भट्टराई चयन भएका छन् । यस्तै सदस्यमा श्रीराम कार्की, शालिकराम घिमिरे, रेखा अधिकारी, महेश बस्नेत, इश्वर आचार्य तथा लेखा सदस्यमा कमल प्रसाद सिग्देल र साजनप्रसाद दुलाल सर्वसम्मत निर्वाचित भएका छन् ।