मतदाताको संख्यामा ५ दशमलव ६५ प्रतिशतले वृद्धि

by | पुस ७, २०८२

मतदाताको संख्यामा ५ दशमलव ६५ प्रतिशतले वृद्धि

अघिल्लो निर्वाचनको तुलनामा यसपटक मतदाताको संख्यामा वृद्धि भएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुुसार २०७९ सालको चुनावमा भन्दा यसपटक मतदाताको संख्यामा ५.६५ प्रतिशतले वृद्धि भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा सर्वपक्षीय छलफल जारी छ । जहाँ प्रस्तुतीकरण गर्दै भट्टराईले मतदाताको संख्यामा ५.६५ प्रतिशतले बृद्धि भएको जानकारी गराएका हुन् ।

निर्वाचन आयोगका अनुसार मतदाताको संख्या एक करोड ९० लाख ५ हजार ३२४ पुगेको छ । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता थिए ।

यसपटक १० लाख १६ हजार ७५४ जना मतदाता थपिएर एक करोड ९० लाख ५ हजार ३२४ पुगेको हो । थपिएका १० लाख बढी मतदाता आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा पहिलोपटक मतदान गर्दैछन् ।