पौष ११ गते काठमाडौं विश्वविद्यालयमा ‘केयु आईटी मीट २०२५’

by | पुस ८, २०८२

पौष ११ गते काठमाडौं विश्वविद्यालयमा ‘केयु आईटी मीट २०२५’

धुलिखेल÷काठमाडौं विश्वविद्यालय कम्प्युटर क्लब (प्ग्ऋऋ) ले प्रविधि, नवप्रवर्तन र विद्यार्थी–उद्योग सहकार्यलाई प्राथमिकतामा राख्दै वार्षिक प्रमुख कार्यक्रम ‘केयु आईटी मीट २०२५’ आयोजना गरिएको छ । आईटी मिटका बारेमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराईएको थियो ।
कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ विभाग (म्इऋक्भ्) द्वारा डिसेम्बर २६ अर्थात पुस ११ मा काठमाडौं विश्वविद्यालय, धुलिखेलमा आयोजना गरिएको छ । यस वर्ष ऋयललभअत।ऋयmउगतभ। ऋचभबतभ भन्ने नाराका साथ आयोजना हुन लागेको आईटी मीटले विद्यालय तहका विद्यार्थीदेखि सूचना प्रविधि उद्योगका विज्ञहरूसम्मलाई एउटै प्लेटफर्ममा ल्याउने लक्ष्य लिएको आयोजकले बताएका छन् । २५ वर्षभन्दा बढीको इतिहास बोकेको केयुसिसी सन् १९९७ मा स्थापना भएको काठमाडौं विश्वविद्यालय कम्प्युटर क्लब नेपालमा सूचना प्रविधि शिक्षा र सीप विकासका क्षेत्रमा अग्रणी विद्यार्थी–सञ्चालित संस्था हो । गैर–नाफामूलक स्वरूपमा सञ्चालन हुँदै आएको क्लबले सैद्धान्तिक ज्ञान र उद्योगको व्यवहारिक अभ्यासबीचको दूरी कम गर्न निरन्तर काम गर्दै आएको छ ।

केयुसिसीले आयोजना गर्ने ‘आईटी मीट’ कार्यक्रमलाई विद्यार्थीहरूको प्राविधिक क्षमता, नेतृत्व र सिर्जनशीलता प्रदर्शन गर्ने राष्ट्रियस्तरको मञ्चका रूपमा हेरिँदै आएको छ । गत वर्ष आयोजना गरिएको आईटी मीटको अनुभवका आधारमा यो वर्ष थप शशक्त रुपमा सचालन गरिने योजना बनाईएको छ ।
गत वर्ष Refresh, Reimagine and Innovate थिममा आयोजना भएको केयु आईटी मीट २०२४ सफल भएको बताउँदै कार्यक्रममा १० हजार भन्दा बढी प्रत्यक्ष आगन्तुक सहभागी भएका थिए भने अनलाइन माध्यमबाट १५ लाखभन्दा बढी इम्प्रेसन र ९ लाखभन्दा बढी अवलोकन गरिएको थियो । नेपालभरका २० भन्दा बढी कलेजहरूको प्रत्यक्ष सहभागिता रहेको उक्त संस्करणमा ४ सय ५० भन्दा बढी आवेदकहरू सहभागी भएको नेपालकै सबैभन्दा ठूलो इन–पर्सन ह्याकाथन ‘प्ग् ज्बअपँभकत’ पनि सम्पन्न भएको थियो । जहाँ ४४ वटा परियोजनाहरू प्रस्तुत गरिएका थिए ।
२०२५ संस्करणका प्रि–इभेन्टहरू सम्पन्न भईसकेका छन् । ‘Empower HerÚ कार्यक्रम मार्फत प्रविधिमा महिलाको सहभागिता बढाउने उद्देश्यसहित ८० भन्दा बढी सहभागीहरूलाई लक्षित सत्र आयोजना गरिएको थियो । त्यसैगरी, डिसेम्बर २१ मा आयोजित ‘ध्भ क्जष्भमि ऋथदभच’ कार्यक्रममा १५ टोली सहभागी थिए । डिसेम्बर २२ मा आयोजित गेमिङ इभेन्टमा २ सय ५० भन्दा बढी गेमरहरूले ८२ हजार रुपैयाँ बराबरको पुरस्कार राशिका लागि प्रतिस्पर्धा गरेका थिए । सोही दिन सम्पन्न आइडिया पिचिङ प्रतियोगितामा १२ टोलीमध्ये ‘टिम सिनाप्टिक’ विजेता घोषित भएको थियो ।
आईटी मीट २०२५ अन्तर्गत डिसेम्बर २४ देखि २६ सम्म ४८ घण्टा लामो KU HackFest २०२५ आयोजना हुनेछ । उक्त ह्याकाथनमा १६१ टोली दर्ता भएका छन् । जसमध्ये १५० भन्दा बढी सहभागी छनोट भएका छन् । प्रविधिमा आधारित परियोजनाहरू विकास गरिने उक्त ह्याकाथनमा २ लाख ५० हजार रुपैयाँभन्दा बढी पुरस्कार राशि राखिएको छ । डिसेम्बर २६ गते मुख्य दिन विद्यार्थीहरूले विकास गरेका हार्डवेयर र सफ्टवेयरहरूको प्रोजेक्ट प्रदर्शनी ११ भन्दा बढी कम्पनी सहभागी हुने करियर फेयर, विद्यालयस्तरीय आईटी क्विज तथा ‘The AI WaveM Illusion or InnovationÚ शीर्षकको प्यानल छलफल आयोजना गरिनेछ । आईटी क्वीज विद्यालय स्तरका विद्यार्थीहरु बीच हुनेछ ।