पनौती–१२ रोशीमा ढुङ्गा खानीमा पहिरोः एक जनाको मृत्यु, एक घाइते

by | पुस ८, २०८२

पनौती–१२ रोशीमा ढुङ्गा खानीमा पहिरोः एक जनाको मृत्यु, एक घाइते

पनौती नगरपालिका–१२ मा सञ्चालित रुशी रोडा ढुङ्गा तथा क्रसर उद्योगमा पहिरो जाँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । पहिरोमा पुरिएर खानीखोला गाउँपालिका–२ घर भई हाल पनौती–९ सुन्थानमा बस्दै आएका रामप्रसाद तिमल्सिनाको ज्यान गएको छ । स्काभेटर अपरेटर तिमल्सिनाको घटनास्थलमै ज्यान गएको हो । पनौती–१२ का इश्वर गुरुङ घाइते भएका छन् । अन्य केहि भने भागेर बाँचन सफल भएका छन् । घटनाबारे अनुसन्धान भइरहेको छ ।