सरकारी राजनीतिक संवाद टोली राप्रपा पार्टी कार्यालयमा 

by | पुस ९, २०८२

सरकारी राजनीतिक संवाद टोली राप्रपा पार्टी कार्यालयमा

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालयमा सरकारी टोलीले अनुगमन गरेको छ । सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले बुधबार राप्रपा कार्यालय पुगेर अनुगमन गरेको हो ।

यसै क्रममा सरकारद्वारा गठित उच्चस्तरीय अनुगमन समितिले राप्रपाको केन्द्रीय कार्यालय पुगेर अनुगमन तथा छलफल गरेको छ। सरकारी टोलीले राप्रपा अध्यक्ष र अन्य शीर्ष नेताहरूसँग निर्वाचनको तयारी र समसामयिक राजनीतिक विषयमा विचार विमर्श गरेको छ।

उद्योग, पर्यटन तथा कानुनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा गठित उक्त समितिमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य रहेका छन्।