जबसम्म रवि–बालेन मिल्दैनन्, तबसम्म गेट खुल्दैनः सुधन गुरुङ

by | पुस १०, २०८२

जबसम्म रवि–बालेन मिल्दैनन्, तबसम्म गेट खुल्दैनः सुधन गुरुङ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच छलफल जारी छ ।

बालेनका सल्लाहकार कुमार बेनको ललितपुरको कुपण्डोल ज्वागलस्थित घरमा उनीहरूबीच एक्लाएक्लै छलफल भइरहेको हो । उनीहरूबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको स्रोतको भनाइ छ ।

भित्र छलफल चलिरहँदा घरबाहिर जेन–जी अगुवा सुधन गुरुङलगायत उपस्थित छन् । सुधन जुनसुकै हालतमा पनि उनीहरू दुई जना मिल्नुपर्ने बताउँछन् । उनले भनेका छन्, जबसम्म उहाँहरू दुई जना मिल्नु हुँदैन, तबसम्म यो गेट खोलिँदैन । हामीले ताला लगाएर राखेका छौँ ।