परराष्ट्र मन्त्री बन्दै बालानन्द पूर्वरथी शर्मा, आजै शपथको तयारी
काठमाडौँ / नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा परराष्ट्र मन्त्री बन्ने भएका छन् । उनको आजै शपथग्रहण तय भएको छ ।
प्रधान सेनापति बन्न नपाएका शर्मा त्यसयता भने देशको विभिन्न जिम्मेवारी पाउँदै आएका पूर्वजर्नेल हुन् ।
माओवादी लडाकु समायोजन समितिमा बसेर शान्ति प्रक्रिया टुंग्याउने पात्र हुन् भने कोभिड संकटको बेला सीसीएमसीमा समेत काम गरेका थिए ।






