धुलिखेलमा जिल्लाब्यापी भेट्रान पुरुष भलिबल प्रतियोगिता शुरु
धुलिखेल/न्यू गौखुरेश्वर युवा क्लव धुलिखेलको आयोजनामा गौखुरेश्वर कप जिल्लाब्यापी भेट्रान पुरुष भलिबल प्रतियोगिता २०८२ शुरु भएको छ । नगर उपप्रमुख निराजन जंगमले प्रतियोगिताको उद्घाटन गर्दै खेल र स्वास्थ्यसँग राष्ट्र र नागरिकको भविश्य जोडिने भएकाले स्थानीय सरकारले खेलकुदलाई प्राथमिकतामा राखेको बताए । ४१ वर्ष माथीका खेलाडीहरु उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।
जिल्लाका ६ वटा समुह सहभागि भएको प्रतियोगिताको पहिलो खेल ज्वालाभूमी युवा क्लव र लड्केश्वर युवा क्लव बीच भएको थियो । ज्वाला भूमि युवा कल्बलाई लड्केश्वर युवा क्लवले १८–२५ र २३–२५ को सोझो सेटमा पराजीत गरेको छ । दोस्रो खेलमा शारदादेबि युवा क्वले रोशि युवा क्लवलाई २५–१५ र २५–१४ को सोझो सेटमा पराजित गरेको छ । प्रतियोगिताको समापन पौष १५ गते हुनेछ । समु्ह क मा ज्वालाभूमी युवा क्लव, लड्केश्वर युवा क्लव, धुलिखेल ९ र समुह ख मा रोशी युवा क्लव, शारदादेवी युवा क्लव र न्यू गौखुरेश्वर युवा क्लव रहेका थिए ।
प्रतियोगितामा प्रथम हुने टिमलाई २० हजार ५ सय ५ नगद सहित ट्रफी मेडल, प्रमाणपत्र उपलब्ध हुनेछ भने द्धितीय पुरस्कार १० हजार ५ सय ५५ ट्रफी मेडल सहित प्रमाणपत्र र तेश्रो हुनेले ५ हजार ५ सय ५५ ट्रफी सहित मेडल र प्रमाणपत्र उपलब्ध हुनेछ । त्यस्तै उत्कृष्ट खेलाडी, वेस्ट डिफेन्स, बेस्ट सटर, बेस्ट ब्लकर, सर्वोत्कृष्ट खेलाडी सहितलाई पुरस्कार उपलब्ध हुनेछ । प्रत्येक खेलमा म्यान अफ द म्याचको ब्यवस्था गरिएको आयोजक संस्थाका कोषाध्यक्ष कृष्णराम देवजुले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटनमा उपप्रमुख निराजन जंगमको प्रमुख आतिथ्यता रहेको थियो भने संस्थाका अध्यक्ष शुशिलकुमार मानन्धरको अध्यक्षतामा सम्पन्न भएको थियो । सदस्य सन्तोष आचार्यको संचालनमा रहेको कार्यक्रममा उपाध्यक्ष ओमकार जंगमको स्वागत रहेको थियो । कार्यक्रममा एग्रो थाई फुड प्रालीका एरिया सेल्स म्यानेन्जर सन्दिप अधिकारी लगायतको विशेष आतिथ्यता रहेको थियो ।






