धुलिखेल नगरपालिकामा सुरक्षित आप्रवासन र बैदेशिक रोजगार सम्वन्धी अन्तर्क्रिया
धुलिखेल/धुलिखेल नगरपालिकाले स्थानीय तहका जनप्रतिनिधि, न्यायिक समितिका पदाधिकारीहरु, मेलमिलापकर्ता तथा सरोकारवाला ब्यक्तिहरुसँग सुरक्षित आप्रवासन र बैदेशिक रोजगार सम्वन्धी अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको छ ।
धुलिखेल नगरपालिकाबाट आर्थिक वर्ष २०८१/२०८२ मा बैदेशिक रोजगारमा गएका ९ सय ८८ नागरिकहरु, तिनका परिवार र उनिहरुले पठाएको रेमिट्यान्सको सदुपयोग वा बैदेशिक रोजगारबाट फिर्ता भएकाहरुको अवस्था र उनिहरुलाई सीप, प्रविधी तथा अन्य सहयोगका विषयमा अन्र्तक्रिया गरिएको थियो । धुलिखेलबाट सोहि आर्थिक वर्षमा ६ सय ९६ जना पुरुष र २ सय ९२ जना महिला विदेश गएका छन् । कार्यक्रममा धुलिखेल, जिल्ला र बागमती प्रदेश तथा नेपालको अवस्थाका बारेमा जानकारी गराउँदै धुलिखेल नगरपालिकाका सामाजिक विकास शाखा अधिकृत विदुर गौतमले धुलिखेल नगरपालिकाले सीप र प्रविधीमा जोड दिएको बताए । कार्यक्रम मार्फत हुने विभिन्न गतिविधिहरु तथा त्यसले पारेको प्रभावका बारेमा उनले जानकारी गराएका थिए ।
धुलिखेलमा सोहि आर्थिक वर्ष २ जनाको निधन भएको छ । १७ लाख रुपैया क्षतिपुर्ति बापत प्राप्त भएको छ । ३ जना अंगभंग भएर स्वदेश फर्कनु परेको छ । उनिहरुले ९ लाख ८० हजार रुपैया प्राप्त गरेका छन् । ८ जनाले छात्रबृत्ति प्राप्त गरेका छन् । जिल्लाभरबाट ९ हजार ७ सय २२ जनाले श्रम स्वीकृति लिएको उक्त वर्ष बागमती प्रदेशबाट १ लाख २७ हजार ६ सय नागरिकले विदेश जाने प्रयोजनका लागि श्रम स्वीकृति लिएका थिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले सुरक्षित बैदेशिक रोजगारको सेवालाई दिगो रुपमा संचालनका लागि संवैधानिक तथा नीतिगत ब्यवस्था र स्थानीय सरकारको जिम्मेवारीहरुका सन्र्दभमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
सामी कार्यक्रम जिल्ला संयोजक गंगा तामाङले जिल्ला स्तरीय कार्यक्रम र त्यसको प्रभावका बारेमा जानकारी गराएकी थिईन् । त्यस्तै सामी कार्यक्रमका भोजराज सुनुवारले समग्र सामी कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी, वडा अध्यक्षहरु, शाखा प्रमुखहरु तथा सरोकारवाला ब्यक्तिहरुले सामी कार्यक्रमको प्रभावकारीतामा नगरपालिकाको योजना र सामी कार्यक्रमको समन्वयका बारेमा सुझाव प्रस्तुत गरेका थिए ।






