प्रधानमन्त्रीलाई प्रमुख तीन दलका शीर्ष नेताले भने–चुनावमा जान तयार छौं, तर वातावरण बनेको छैन
प्रधामन्त्री सुशीला कार्कीसँगको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावमा जान सबै तयार भएको बताएका छन्।
‘कांग्रेस लगायत सबै पार्टी चुनावमा जान तयार छन्, तर, त्यसका लागि वातावरण बनिसकेको छैन,’ देउवाले भने, ‘वातावरण बनाउनुपर्यो। सुरक्षाको व्यवस्था हुनुपर्यो।’
एमाले पनि तयार हो भन्ने प्रश्नमा उनले भने, ‘किन तयार छैन, भइैहाल्छ नि।’
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेका थिए।






