कांग्रेसले महाधिवशेन कार्यतालिका परिमार्जन गर्ने

by | पुस १२, २०८२

कांग्रेसले महाधिवशेन कार्यतालिका परिमार्जन गर्ने

नेपाली कांग्रेसले महाधिवशेनको कार्यतालिका परिमार्जन गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा चलिरहेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यसअघि तोकेको समयमा नै नियमित महाधिवेशनको सुनिश्चितता गर्ने गरि महाधिवशेनको कार्यतालिका परिमार्जन गर्न लागेको आजको बैठकपछि कांग्रेस नेता मीन विश्वकर्माले बताए ।

पुस ८ गतेभित्र क्रियाशील सदस्यताको विषय टुङ्गिन नसकेको अवस्थामा अरू कार्यतालिका प्रभावित हुने भएकाले अर्को कार्यतालिका बनाउने बिषयमा बैठक केन्द्रित रहेको उनको भनाई छ ।