जिल्लाब्यापी भेट्रान भलिबल प्रतियोगितामा ज्वाला भूमी र न्यू गौखुरेश्वोर युवा क्लवको विजयी सुरुवात

by | पुस १२, २०८२

जिल्लाब्यापी भेट्रान भलिबल प्रतियोगितामा ज्वाला भूमी र न्यू गौखुरेश्वोर युवा क्लवको विजयी सुरुवात

गौखुरेश्वर कप जिल्लाब्यापी भेट्रान पुरुष भलिबल प्रतियोगितामा ज्वालाभूमी क्लवले विजयी सुरुवात गरेको छ । धुलिखेल खेल मैदानमा जारी प्रतियोगितामा ज्वालाभूमी युवा क्लवले धुलिखेल –९ लाई २५ –१९ र २५–२३ को सोझो सेटमा प्रराजित गरेको छ ।

खेलमा ज्वाला भूमी युवा कल्बका बिरेन्द्र श्रेष्ठ म्यान अफ द म्याच घोषित भएका छन् । उक्त पुरस्कार अड्डा बजार टोल सुधार समितिका पुर्ब उपाध्यक्ष बद्री लाल मानन्धर ले प्रधान गरेका थिए।

दोस्रो खेलमा न्यू गौखुरेश्वोर युवा कल्बले रोसि युवा कल्बलाई २५–७ र २५–११ को सोझै सेटमा प्रराजित गरेको छ । सो खेलमा म्यान अफ द म्याच न्यू गौखुरेश्वोर युवा क्लवका ओमकार जंगम घोषित भए । सो पुरस्कार अड्डा बजार टोल सुधार समितिका कोषाध्यक्ष मनोज कुमार श्रेष्ठले प्रधान गर्नु भयो ।

न्यू गौखुरेश्वर युवा क्लव धुलिखेलको आयोजनामा शुक्रबारबाट गौखुरेश्वर कप जिल्लाब्यापी भेट्रान पुरुष भलिबल प्रतियोगिता २०८२ शुरु भएको छ । ४१ वर्ष माथीका खेलाडीहरु उक्त प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् ।

जिल्लाका ६ वटा समुह प्रतियोगितामा सहभागि छन् । समु्ह क मा ज्वालाभूमी युवा क्लव, लड्केश्वर युवा क्लव, धुलिखेल ९ र समुह ख मा रोशी युवा क्लव, शारदादेवी युवा क्लव र न्यू गौखुरेश्वर युवा क्लव रहेका थिए ।

प्रतियोगितामा प्रथम हुने टिमलाई २० हजार ५ सय ५ नगद सहित ट्रफी मेडल, प्रमाणपत्र उपलब्ध हुनेछ भने द्धितीय पुरस्कार १० हजार ५ सय ५५ ट्रफी मेडल सहित प्रमाणपत्र र तेश्रो हुनेले ५ हजार ५ सय ५५ ट्रफी सहित मेडल र प्रमाणपत्र उपलब्ध हुनेछ । त्यस्तै उत्कृष्ट खेलाडी, वेस्ट डिफेन्स, बेस्ट सटर, बेस्ट ब्लकर, सर्वोत्कृष्ट खेलाडी सहितलाई पुरस्कार उपलब्ध हुनेछ । प्रत्येक खेलमा म्यान अफ द म्याचको ब्यवस्था गरिएको आयोजक संस्थाका कोषाध्यक्ष कृष्णराम देवजुले जानकारी दिए ।