पूर्व–पश्चिम साइकल यात्राको पुर्वसन्ध्यामा सांगीतिक शुभकामना कार्यक्रम

by | पुस १३, २०८२

पूर्व–पश्चिम साइकल यात्राको पुर्वसन्ध्यामा सांगीतिक शुभकामना कार्यक्रम

सन् २०२६ जनवरी १ तारिखदेखि पूर्वको पाँचथर चिवाभञ्ज्याङदेखि पश्चिम बैतडीको झुलाघाटसम्म एक महिना लामो १८०० किमी मध्यपहाडी लोकमार्ग साइकल यात्राका लागि शुभकामना दिने हेतुले भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा सांगीतिक शुभकामना कार्यक्रम आयोजना गरिएको छ ।
उक्त सांगीतिक कार्यक्रम अघि ऐक्यबद्धता साईकल ¥याली नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डपबाट शुरु भई न्युरोड, रानीपोखरी, केशरमहल, दरबारमार्गबाट भृकुटीमण्डपमा आईपुगेपछि सांगीतिक कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा प्रा.डा.तारालाल श्रेष्ठले स्वागत एवं कार्यक्रममाथि प्रकाश पारे लगत्तै दिप प्रज्ज्वलन अनि राष्ट्रिय गानबाट कार्यक्रम शुभारम्भ भएको थियो । यस अभियानमा धुलिखेल अस्पतालको भूमिका र अभियानबाट संकलित रकम कसरी क्यान्सर प्रभावितहरुमा उपयोग गरिन्छ भन्ने आचारसंहिताबारे धुलिखेल अस्पतालका वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ प्रा.डा. सुमन राज ताम्राकारले बताए ।

आशिर्वाद संगीत पाठशालाबाट विभिन्न सांगीतिक प्रस्तुति भएको उक्त कार्यक्रममा मध्य पहाडी लोकमार्ग साईकल अभियानका अगुवा साईक्लिस्ट एवं क्यान्सर विजेता हर्क लामाकी छोरी खुशी तामाङले आफ्नो बाबाबाट जन्मदिन उपहार स्वरुप पाएको माउन्टेन बाईक आजको कार्यक्रममा सहभागी एकजनालाई गोलाप्रथाबाट उपहार प्रदान गरिएको थियो ।
क्यान्सर विजेताद्वय एवं यस अभियानका साईक्लिस्टद्वय हर्क लामा र कविता चित्रकारबाट धन्यवाद ज्ञापन गर्नुभयो । त्यस अवसरमा विभिन्न चन्दादाताहरुलाई सम्मान गरिएको थियो ।