बयान दिन जाँचबुझ आयोग पुगे रमेश लेखक

by | पुस १४, २०८२

बयान दिन जाँचबुझ आयोग पुगे रमेश लेखक

काठमाडौँ / नेपाली काँग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखक बयानका लागि जाँचबुझ आयोग पुगेका छन् ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे बयान दिन आज उनी सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय पुगेका हुन् ।

जेनजी आन्दोलनका घटनाबारे सोधपुछ गर्न आयोगले लेखकलाई पुस १३ गते उपस्थित हुन भनेको थियो । तर उनी आज मात्रमै बयानका लागि सिंहदरबार पुगेका हुन् ।